हैट र मंगलीको ‘मट्टी माला’ प्रोमो सार्वजनिक

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मट्टी माला’ को प्रोमो तथा पोस्टर सार्वजनिक गरिएको छ । बुद्धि तामांग हैट र रजनी गुरुंग मंगलीको मुख्य भूमिका रहेको फिल्मको बुधबार मात्रै फस्ट लुक्स रिलिज गरिएको हो । प्रोमो हेर्नुस् :

पौरखी फिल्मसको ब्यानरमा बनेको फिल्म ‘मट्टी माला’ लाई टेके पौरखी राईले निर्देशन गरेका हुन् । फिल्मको लेखन पनि उनकै छ । प्रविण राईको लगानी रहेको मट्टी माला मा राहुल राईको छायाँकन छ । सुमन राईको संगीत रहेको फिल्मका गीतहरुमा कविराज गहतराज, राजेश पुन र दीपेन्द्र शाही ठकुरीको नृत्य निर्देशन छ ।

हैट र मंगलीसँगै ‘मट्टी माला’ मा नायिका प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा र दीपक आचार्यको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha