‘हैरान’ मा गजित र निश्माको रोमान्स (भिडियो)

यही शुक्रबार अर्थात् जेठ ४ मा नेपाली फिल्म ‘हैरान’ फिल्म हैरानमा समावेश ’दाग छैन अब जुनमा पनि’ बोलको गीत रिलिज भएको छ । गीतमा चन्द्रमणि भट्टराईको शब्द, किरण कंडेलको संगीत र युबराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । गजित विष्ट र निश्मा घिमिरे फिचरिंग गीतको भिडियो यस्तो बनेको छ :

गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट फिचर्ड छन् । ‘फिल्म रिलिज हुदैछ , वार्ताको सफलतापछी एउटा आश थपिएको छ’ निर्माता तथा कलाकार गजित विष्टले बताए । फिल्मको सार्वजनिक ट्रेलर, टिजर र गीतसंगीतको पाएको रेस्पोन्सले भने गजित उत्साहित छन् । ‘हाम्रो म्याटरलाई जसरि दर्शकले रुचाउनु भएको छ, यसले हामीलाई उत्साहित भने पक्कै बनाएको छ’ गजितले भने ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । गजित, सौगात र आरोशीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस :

फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । मोडलिङमा रमाउदै गरेकी आरोही यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन । बुद्धि र बलेसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha