हलमा ‘हैरान’, होला सोलो रिलिजको फाइदा ?

यो शुक्रबार एक मात्र नेपाली फिल्म ‘हैरान’ प्रदर्शनमा आएको छ । विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित दोश्रो फिल्मलाई हलमा दर्शकले साथ देलान् ? प्रतिक्षा गरौं ।

कमेडी जनराको ‘हैरान’ फिल्ममा गजित विष्ट, बुद्धि तामांग, सत्यराज आचार्य, सरोज खनाल, सागल लम्साल, निश्मा घिमिरे, आराही शर्मा, वासिम राजा र शिशिर भण्डारीको अभिनय छ । फिल्मका लेखक गम्भिर विष्ट हुन् । गम्भिर हैरानका टेक्निकल डिरेक्टर र कोरियोग्राफर समेत हुन् । सौगात, गजित र आरोहीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

सम्झना पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा सत्य स्वरुप, सन्तोष श्रेष्ठ, राजन ईशान र किरण कंडेलको संगीत छ । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha