‘दि कर्मा’ मा नीता, पारमिता र बुद्धिको ईन्ट्री

फिल्म ’दि कर्मा’ मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । छायांकन सकेर पोष्ट प्रोडक्शनमा पुगेपछि तीन निर्माण पक्षले कलाकारको अभिनय रहेको निर्माण पक्षले खुलाएको हो ।

कलाकारहरुको भूमिका बारे गीत र ट्रेलर सार्वजनिक भएपछि खुलासा गर्ने निर्माता जय राज रायले बताएका छन् । फिल्म घोषणा गर्दा दि कर्मा का लागि मुख्य नायिकाहरु छनौट भएका थिएनन् । यस्तै फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमूख अभिनय छ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा भएको छ । जय राज रायको कथामा रहेको यस फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बनेको छ । भारतमा पनि फिल्मको प्रदर्शनी गरिने निर्माता रायले बताए । नेपालमा यो फिल्म आगामी भदौ महिनामा रिलीज गरिने बताईएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha