करोड क्लबमा ‘कोहलपुर एक्सप्रेस’ को ‘काउ सङ्ग’

नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा समावेश ‘काउ सङ्ग’ एक करोड क्लबमा प्रवेश गरेको छ । राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर रहेको गीतको भिडियोलाई तीन महिनामा एक करोड भ्युज मिलेको हो । भिडियो :

राजनराज र मेलिना राईको स्वर रहेको ‘कोहलपुर एक्सप्रेस’ को ‘काउ सङ्ग’ मा केकी सहित रिमा विश्वकर्मा, गम्भिर विष्ट र विनोद न्यौपानेको नृत्य छ । भिडियोको कोरियोग्राफी गम्भिरले नै गरेका हुन् । छायाँकन अर्जुन तिवारीको छ । केकी र ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

विशाल भण्डारी निर्देशित फिल्म ‘कोहलपुर एक्सप्रेस’ गत बैशाख १४ गते प्रदर्शनमा आएको थियो । फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामांग, कुशाग्र भट्टराई, केकी र विनोदको अभिनय छ । फिल्म निर्माणमा भने भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौंलागाईले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha