‘कुम्भ करण’मा कस्को पछि को ? प्रोमो हेर्नुस्

फिल्म ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक गरिएको छ । दिपक ओली निर्देशित फिल्मको ट्रेलरमा कमेडी र सस्पेन्स पक्षलाई देखाइएको छ । असार २२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘कुम्भ करण’को प्रोमो यस्तो छ :

‘कुम्भ करण’मा नायिका निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापाको अभिनय छ । शिक्षिकाको वरिपरि घुमेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका निर्माता चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेत हुन् भने सहनिर्मातामा गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ छन् । त्यस्तै कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल रहेका छन् ।

असार २२ गते रिलिज हुने ‘कुम्भ करण’मा महेश दवाडीको कथारपटकथारसंवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha