‘बेबी आइ लभ यू’ को फिमेल स्याड भर्सन गीत

फिल्म ‘बेबी आइ लभ यू’ को फिमेल स्याड भर्सनको ‘सायद तेरो मेरो’ गीत रिलिज गरिएको छ । यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यो दोश्रो गीत हो । भिडियो हेर्नुस् :

सन्तोष खड्गीको संगीत रहेको गीतमा प्रियंका शर्माको स्वर छ । भिडियोमा नायिका पूजा तिवारी फिचरिंग छिन् । जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु लाई शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्ममा सन्तोष र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

सृजना परियार र दुर्गा पाण्डे सह निर्माता रहेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ । फिल्मलाई सुरज आचार्यले खिचेका हुन् । फिल्म लभ स्टोरी जनराको हो ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha