यसरी मनाइयो चलचित्र पत्रकारिता दिवस (फोटो फिचर)

चलचित्र पत्रकार संघ, नेपालले चलचित्र पत्रकारिता दिवस तथा १९ औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । यही अवसरमा संघले चार जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

संघले दयाराम पाण्डे र ध्रुव लम्साललाई ’चलचित्र पत्रकार सम्मान २०७५’ र लक्ष्मण सुवेदी र सन्ध्या थापालाई ’चलचित्र पत्रकारिता पुरस्कार २०७४’ प्रदान गर्यो । यस्तै, गत वर्षदेखि वितरण गर्न थालिएको ’प्रोत्साहन पुरस्कार २०७५’ अन्जान दाहाल (मनिष) लाई प्रदान गरियो । अन्जानलाई एक थान ल्यापटप, ताम्रपत्र र ट्रफी सहित दिइयो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाबाट सम्मानित तथा पुरस्कृत ५ जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरिएको हो । पुरस्कृत सुवेदी र थापालाई २१ हजार रुपैयाँ समेत प्रदान गरियो । कार्यक्रममा महासविच अनिल यादवले स्वागत मन्तव्य राखे भने अध्यक्ष सन्दिप सापकोटाले संघको कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिपुल पोखरेल, कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्य, पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी उपस्थित थिए ।

कार्यक्रममा हरिवंश आचार्य, करिश्मा मानन्धर, झरना थापा, रमेश उप्रेती, निर्मल शर्मा, रेजिना उप्रेती, केकी अधिकारी, रिमा विश्वकर्मा, बिपिन कार्की, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, शोभित बस्नेत लगायतको उपस्थितिले कार्यक्रमको आकषर्ण बढेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha