सर्यो आँचल र आकाशको ‘ब्ल्याक’

फिल्म ’ब्ल्याक’ जेठ ११ बाट पर सरेको छ । बैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबिचको शेयर बाँडफाँडको लफडाका कारण प्रचार प्रसारमा प्रभाव परेको भन्दै निर्माण युनिटले फिल्मको रिलिज मिति ३ महिना पर सारेको हो । ‘ब्ल्याक’ अब आगामी भदौ १ गते रिलिज हुनेछ ।

यसअघि ’पल हरपल’ बोलको गीत सार्वजनिक गरेको फिल्मको टिम ट्रेलर रिलिजको तयारिमा छ । ट्रेलर रिलिजसँगै औपचारिक प्रचार थालनीको तयारीमा रहेको निर्माण टिमले दर्शकलाई फिल्म र योसँग जोडिएको कन्टेन्टको बारेमा जानकारी पुर्याउन र नजिकबाट साक्षात गर्नको लागी भन्दै लामो अन्तरसहित ’ब्ल्याक’लाई भदौमा प्रदर्शनमा ल्याउने निर्णय गरेको बताएको छ । पल र आकाशसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ । आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठ लिड अभिनयमा छन् । पछिल्लो पुस्ताका चल्तिका अनि चर्चाका दुई अनुहार फिल्ममा रहँदा युवा दर्शकको उल्लेख्य साथ पाउने आशा ’ब्ल्याक’ टिमले बोकेको छ ।

फिल्म मौनता श्रेष्ठको कथामा तयार भएको हो । ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’ लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha