‘बेबी आइ लभ यू ले प्रेमको महसुश गराउँछ’

फिल्म ‘बेबी आइ लभ यू’ बनिरहेका लभ स्टोरी फिल्महरु भन्दा भिन्न रहेको निर्देशक जनक पाण्डेले दाबी गरेका छन् । समर र सायराको भूमिकाले फरक खालको प्रेम महसुश गराउने निर्देशक पाण्डेको भनाई छ । फिल्म जेठ १८ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

‘बेबी आइ लभ यू’ कस्तो खालको फिल्म हो ? भन्ने जिज्ञासामा निर्देशक पाण्डे भन्छन्, ‘यो मायालाई महसुश गराउने फिल्म हो । बनिरहेका लभ स्टोरी फिल्महरु भन्दा भिन्न लभ स्टोरी यसमा छ ।’ मायालाई शब्दमा मात्र सिमित नराखौं भन्ने कुरा फिल्मले बुझाउने खोजेको निर्देशक पाण्डेको भनाई छ । सन्तोष र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

यता वान लाइन स्टोरी समेत आफैंले लेखेका नायक सन्तोष खड्गी ‘बेबी आइ लभ यू’ ले फरक प्रेम कहानी प्रस्तुत गर्ने बताउँछन् । फिल्ममा समरको भूमिका निभाएका सन्तोष भन्छन्, ‘फिल्मको कतिपय प्लट मेरो आफ्नै जीवनसँग मेल खान जान्छ । यसैले गर्दापनि काम गर्न सजिलो भयो ।’ फिल्मको लागि आफ्नो टिमले निकै मिहेनत गरेको उनी सुनाउँछन् ।

फिल्मकी सोलो नायिका पूजा तिवारीले ‘बेबी आइ लभ यू’ लाई दर्शकले मन पराउने बताइन् । अडिसन दिएर फिल्म खेलेको बताउँने पूजा भन्छिन्, ‘पारिवारीक वातावरणमा काम भएको छ । सायद दर्शकले अर्को फिल्ममा पनि समर र सायराको जोडीलाई खोज्नु हुनेछ ।’

पहिलो पटक फिल्म निर्माण गरेका शिव न्यौपाने फिल्मप्रति आशावादी छन् । ‘हामी सबैजना युवा मिलेर फिल्म बनाएका छौं । युवा दर्शकले साथ दिनुहुन्छ भन्ने विश्वास छ’, निर्माता न्यौपाने भन्छन् । फिल्ममा सह-निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे रहेका छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha