‘सुनकेशरीमा चुनौती लिएका छौं’ : ऋचा-अर्पण

यही शुक्रबार अर्थात् जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सुनकेशरी’ प्रचार नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा चितवन पुगेका छन् । त्यहाँ ऋचा र अर्पणले हरर जनराको फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

‘सुनकेसरीलाई दर्शकहरुले मन परानेमा ढुक्क छु’, सुनकेशरी शर्माले भनिन्, ‘नेपालमा यसअघि बनेका हरर फिल्म भन्दा सुनकेशरी फरक छ ।’ यस्तै उनले फिल्मको छायाँकन अस्ट्रेलियामा गर्दा १ करोड ३० लाख भन्दा बढी खर्च भएको बताइन् । नेपालमा आफुले खोजेको जस्तो लोकेसन नपाएको कारण अस्ट्रेलियामा गएर चलचित्रको सुटिङ गरिएको ऋचाले भनाई छ । ‘सुनकेसरी बनाएर हामीले ठुलो चुनौती लिएका छौं । अभिनयका हिसाबले पनि मेरो लागि यो फिल्म चुनौतीपुर्ण छ’, ऋचा भन्छिन् ।

यता निर्देशक अर्पण थापाले पनि ‘सुनकेसरी’ आफ्नो लागि पनि चुनौतीपुर्ण रहेको बताए । हामीले उच्च स्तरिय हरर फिल्म बनाउने कोशीश गरेका छौ, निर्देशक थापाले भने। मलाई आशा छ फिल्मले दर्शकको राम्रो साथ पाउनेछ । फिल्म नचलेको खण्डमा फेरी ५–७ बर्ष कसैले हरर फिल्म नबनाउने समेत थापाको दाबी छ । जेठ ११ गते सुनकेशरी सोलो रिलिज परेका कारण पनि फिल्म चल्ने अर्पणको आशा छ । ऋचा र अर्पणसँग गरिएको रमाईलो कुराकानी गर्नुस् :

‘सुनकेशरी’मा ऋचासँगै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतका कलाकारहरुको अभिनय छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मको सह– निर्माता हुन भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् । फिल्मको कथा निर्देशक थापाले लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha