साउन ११ देखि ‘रोमियो एण्ड मुना’ रिलिज, यस्तो बन्यो ‘पल पल’ गीत

नयाँ गीत रिलिज गर्दै फिल्म ‘रोमियो एण्ड मुना’ को अन्तिम प्रदर्शन मिति तय गरिएको छ । फिल्म साउन ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले बिहिबारको प्रेसमिट गर्दै जानकारी दिए । ‘रोमियो एण्ड मुना’को ‘पल पल’ गीत हेर्नुस् :

‘पल पल’ गीत सुक्मित गुरुङले गाएको हिट गीत हो । गीतमा संगीत तथा शब्द विश्व शाहीको छ । फिल्मका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ भिडियोलाई राजीव समर र निर्देशक नरेशकुमार केसीले कोरियोग्राफी गरेका छन् । गीतको भिएफएक्स पक्ष आइड्रिम एनिमेशनले गरेको हो । छायाँकन शिवराज श्रेष्ठले गरेका छन् ।

कार्यक्रममा गायिका सुक्मित गुरुङलाई ‘रोमियो मुना’ टिमले सम्मान पनि गर्यो । सुक्मितले आफ्नो पुरानो गीतलाई पुर्नजन्म दिएकोमा फिल्म टिमलाई धन्यवाद दिइन् । यस्तै राष्ट्रिय स्तरका पेन्टर सागर शाह र सन्तोष विष्टलाई पनि गर्यो ।

भि मोशन पिक्चर्स र केएस प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको फिल्ममा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । फिल्म निर्माणमा विनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha