अनमोल र नीतालाई ‘दशौं डि सिने अवार्ड’

बिहिबार आयोजित ‘दशौ डी सिने अवार्ड’ मा फिल्म कृ उत्कृष्ठ ठहरिएको छ । यही फिल्मबाट नायक अनमोल केसीले उत्कृष्ठ नायकको अवार्ड पाएका छन् । फिल्म पञ्चायत बाट नायिका नीता ढुंगानाले उत्कष्ठ नायिकाको अवार्ड उचालिन् । अनमोल र नीता दुवै राष्ट्रिय सभा गृहको अवार्ड समारोहमा उपस्थित थिए ।


यस्तै पपुलर च्वाइस अवार्ड फिल्म ‘शत्रु गते’ लाई प्रदान गरियो । क्रिटिक्स अवार्ड तर्फ ‘ब्लाइन्ड रक्स’ ले पायो । फिल्म ‘मंगलम’ का बाट नायक पुष्प खड्काले क्रिटिक्स अवार्ड पाए । यही फिल्मबाट निर्देशक नवल नेपालले जुरी अवार्ड लिए । प्रोत्साहन पुरस्कार फिल्म ‘संरक्षण’ का निर्देशक पुणेन्दु झालाई प्रदान गरियो ।

नेपालको पहिलो महिला कमेडी कलाकार बसुन्धरा भुषाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’ बाट सम्मानित गरियो भने चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गरियो । अभिनेत्री मौसम मल्ललाई कार्यक्रममा सम्मान गरिएको थियो । २९ विधामा वितरण गरिएको डि सिने अवार्ड क कसले पाए त ?

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स अवार्ड: मिलन चाम्स, चाम्स इन्टरटेन्मेन्ट, व्लाइण्ड रक्स
क्रिटिक्स अवार्ड: पुष्प खड्का, मंगलममंगलम
क्रिटिक्स अवार्ड निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
प्रोत्साहन अवार्ड: पुर्णेन्दु झा, संरक्षण

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha