‘सुनकेशरी’को सुखद सुरुवात, यसरी गरियो प्रिमियर

आज शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सुनकेशरी’ को बिहिबार प्रिमियर गरिएको छ । प्रिमियरमा सहभागीले हरर फिल्मले तर्साएको प्रतिक्रिया दिएका छन् । प्रिमियरमै नायिका तथा निर्मात्री ऋचा शर्माले ‘सुनकेशरी २’ बनाउने घोषणा गरेकी छन् ।

अभिनेत्री तथा निर्देशक झरना थापाले हरर फिल्म हेर्नेका लागि ‘सुनकेशरी’ राम्रो फिल्म रहेको प्रतिक्रिया दिइन् । निर्देशक आकाश अधिकारीले ‘सुनकेशरी’ले आफुलाई तर्साएको प्रतिक्रिया दिए । युवा नेतृ रञ्जु दर्शनाले फिल्मले तर्साउनुसँगै हँसाएको समेत बताइन् । नायिका बर्षा सिवाकोटीले फिल्म मन परेको प्रतिक्रिया दिइन् ।

प्रिमियरमा सुखद प्रतिक्रिया पाएकी ऋचा शुक्रबार बिहान हलमा दर्शकको उपस्थितिले दंग छिन् । उसो त मल्टिप्लेक्समा ‘सुनकेशरी’ बिहानदेखि नै हाउसफूल भैरहेको रिपोर्ट छ । ‘दर्शकले सुनकेशरीलाई माया गरिदिनु भयो’, ऋचाले खुसी हुँदै सुनाइन्, ‘अब सुनकेशरी २ बनाउनु पर्ने उहाँहरुको माग छ । उहाँहरुको माया प्रति हाम्रो टिम निकै खुसी छ । सुनकेशरी २ बनाउनु पर्ने उहाँहरुको माग पनि पुरा हुनेछ ।’

अर्पण थापा निर्देशित फिल्म ‘सुनकेशरी’ मा ऋचासँगै कलाकार रविन्द्र झा, सन्नी ढकाल, लरेन, लफबेर्ग, सुनिल पराजुली, प्रेरणा थापा, भिम न्यौपाने, तमन्ना शर्मा लगायतको अभिनय रहेको छ ।

निर्देशक अर्पण थापाकै कथा रहेको ‘सुनकेशरी’ लाई भीम न्यौपाने, ऋचा शर्मा र सर्मिला सापकोटा मिलेर बनाएका हुन् । फिल्मको सम्पूर्ण छायाँकन अष्टे्रलियामा गरिएको हो । प्रिमियरको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha