कतारको मरुभूमिमा के गर्दैछन् सुदर्शन र पूजा ?

निर्देशक सुदर्शन थापा यतिबेला फिल्म ‘रामकहानी’ छायाँकनका कतारमा छन् । नायिका पूजा शर्मा सहित कलाकार तथा प्राविधिकको टिम लिएर निर्माता समेत रहेका थापा यसै साता त्यहाँ पुगेका हुन् ।

फिल्ममा मरुभूमिको दृश्य आवश्यक रहेका कारण कतार गएको निर्देशक थापाले बताएका छन् । कतारको सिनमा नायिका शर्मा र त्यहाँकै कलाकारले अभिनय गरिरहेका छन् । नेपालबाट गएका रामकहानी टिमलाई व्यवस्थापनको जिम्मा कलाकार बिष्णु कार्कीले लिएका छन् ।

‘बिष्णु जीको सहयोगले गर्दा छायाँकन गर्न सजिलो भैरहेको छ’, निर्देशक थापा भन्छन् । त्यहाँ फिल्म खिच्नको लागि अनुमति लिन नै ८ लाख खर्चिनु परेको सुदर्शनको भनाई छ ।

कतार छायांकनका लागि सुदर्शन, पूजा र छायांकार सौरभ लामाको टिम नेपालबाट गएको छ । फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ र केदार घिमिरे, जित नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । तिम्रो लागि म छु बोलको गीत हेर्नुस् :

भदौ २२ गतेबाट प्रदर्शनमा आउने ‘रामकहानी’ एउटा गीत सार्वजनिक गरिएको छ । फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । आकाश र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha