‘सुश्री सम्पत्ती’को पोस्टर र रिलिज मिति सार्वजनिक

रङ पत्रकार सुव्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पति’ आउदो भाद्र २२ मा रिलिज हुने भएको छ । निर्माण टिमले वितरकसँगको छलफलपछि पहिलो पोस्टर रिलिज गर्दै रिलिज डेट तय सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरलाई टौवा क्रिएसनले तयार गरेको हो । पोष्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् । पोस्टरबाट फिल्म कमेडी जनराको भन्ने झल्किन्छ । फिल्मले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन ।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha