दयाहाङ्ग ‘भैरे’ जेठमा नआउने, अब हल जाने कहिले ?

फिल्म ‘भैरे’ तोकिएको प्रदर्शन मिति जेठ १८ बाट सरेको छ । दयाहाङ्ग राई स्टारर भैरे अब श्रावण ४ मा रिलीज हुने निर्माण टिमले जनाएको छ ।

जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको अवस्थामा नेपाल चलचित्र निर्माता संघले आन्दोलन आह्वान गरेपछि ट्रेलर रिलीज स्थगन गरिएको थियो । अन्तिम समयमा निर्माता संघको आन्दोलन सहमतिमा टुंगिएपछि प्रचार प्रसारको लागि समय अपुग भएकोले मिति सार्नु पर्ने बाध्यात्मक अवस्था आएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । ‘भैरे’को गीत हेर्नुस् : 

’भैरे’मा दयाहाङ्ग राईको साथमा सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्मको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । ’भैरे’ मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha