रेखा र आर्यन सहित दश जनालाई ‘दशकका दश’ अवार्ड

डिसिने अवार्डको दशैं संस्करणमा दश व्यक्तिलाई सम्मान गरिएको छ । डि सिने अवार्डमा सर्वाधिक अवार्ड पाउने र लामो समयसम्म सक्रियता कायम राख्ने दश सर्जकलाई छायाँछविले सम्मान गरेको हो ।

दशैं डि सिने अवार्ड सम्पन्न भएको भोलिपल्टै शुक्रबार एक कार्यक्रम राख्दै छायाँछविले दशकका दशलाई पुरस्कार प्रदान गरिएको हो । ‘नाईं नभन्नू ल’ सिरिज बनाएर नेपाली फिल्म क्षेत्रमा इतिहास कायम गरेका निर्देशक विकास आचार्यलाई दशकका निर्देशकको अवार्ड प्रदान गरियो । दशकका निर्माताको अवार्ड नेपाली फिल्म क्षेत्रका ‘बा’ अर्थात निर्माता छविराज ओझाले पाए ।

चकलेटी नायक आर्यन सिग्देलले दशकका नायकको अवार्ड उचाले । नायिकाको नाममा हिरोइज्म कायम गरेको भन्दै नायिका रेखा थापालाई दशककी नायिकको अवार्ड दिइयो ।

यस्तै लेखक शिवम अधिकारी, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकार अर्जुन पोखरेललाई दशकका अवार्ड प्रदान गरियो । द्धन्द्ध निर्देशक चन्द्र पन्त, डान्स डिरेक्टर कविराज गहतराज र सम्पादक विपिन मल्ल दशकका अवार्ड विजेतामा पर्न सफल भए ।

कार्यक्रममा फिल्म ‘डा.खाते’ र ‘माई लभ’ लाई विशेष सम्मान गरियो । डि सिने अवार्ड दशकका कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, नायिका रेजिना उप्रेती, नीता ढुंगाना, वरिष्ठ अभिनेत्री बसुन्धरा भूषाल, चैत्यदेवी सिंह लगायत उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha