‘ए मेरो हजुर ३’ मा झरनाकी छोरी र अनमोलको जोडी

फिल्म ‘ए मेरो हजुर ३’ मा युवा स्टार अनमोल केसी अनुबन्धित भएका छन् । निर्देशक झरना थापाले अनमोललाई आफ्नो फिल्ममा अनुबन्धित गराउन सफल भएकी हुन् । अनमोलको अपोजिटमा झरनाकी छोरी सुहानी थापा रहनेछिन् ।

अनमोल र सुहानीको जोडी बारे झरना भन्छिन्, ‘यसलाई जुरेकै भन्नु पर्छ । अनमोल र सुहानी जोडी स्क्रिप्टको माग पनि हो ।’ झरनाको डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को प्रिमियरबाट झरनाकी छोरी सुहानी नोटिस भएकी थिइन् । उनी हाल बिज्नेश र एक्टिंग लिएर ब्याच्लर दोश्रो बर्षमा अमेरिकामा अध्ययन गर्दैछिन् । सुहानीसँग गरिएको रमाईलो कुराकानी हर्नुस् :

निर्माता सुनिल कुमार थापाको निर्माण रहने फिल्म ए मेरो हजुर ३ को छायाँकन भदौबाट सुरु हुनेछ । प्रदर्शन मिति आउँदो सालको नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ गतेलाई तोकिएको छ । कलाकार फाइनल भएसँगै ए मेरो हजुर ३ को थप हाइप सृजना भएको छ । अनमोल यतिबेला ‘क्याप्टेन’को छायाँकनमा व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha