‘सुनकेशरी’को राम्रो सुरुवात (फोटो तथा भिडियो)

नायिका ऋचा शर्माले निर्माण गरेको हरर फिल्म ‘सुनकेशरी’ले सुरुवाती व्यापार सुखद गरेको छ । अर्पण थापा निर्देशित फिल्मले शहरका मल्टिप्लेक्समा शुक्रबार र शनिबार दर्शकलाई आकर्षण गर्न सफल भएको हो ।

‘दर्शकको यो उपस्थिति अनपेक्षित हो’, ‘आधा लभ’ पछि ‘सुनकेशरी’ बनाएकी ऋचाले भनिन्, ‘दर्शकको यो प्रकारको मायाबाट हाम्रो टिम निकै नै खुसी छ । हलमा हाउसफूल रुपमा उपस्थित भएका दर्शकले ‘सुनकेशरी’ हेरेपछि प्रतिक्रिया भने मिश्रित दिएका छन् । भिडियो हेर्नुस् :

‘फिल्मले खासै तर्साएन’, कुमारी हलबाट बाहिर निस्किएका एक दर्शकले भने, ‘तर हँसाउन चाहिं हँसायो ।’ दर्शकले दिएको यस प्रकारको प्रतिक्रिया सुनकेशरी अर्थात ऋचा शर्मा स्विकार गर्छिन् । ‘दर्शकले दिएको जस्तो पनि प्रतिक्रियालाई हामी स्विकार्छौं । यसमा देखिएको कमजोरीलाई सुनकेशरी २ मा सुधार्छौं’, ऋचाले भनिन् ।

आशा गरे भन्दा बढी दर्शक हलमा यता निर्देशक अर्पण थापा दंग छन् । हरर फिल्म हेर्दा हाँसेको दर्शकलाई अर्पण हाँस्दै भन्छन्, ‘हरर फिल्म हेरेर हाँस्नु त फाइदा हो नि ! फस्ट हाफमा यादव जीको प्रभाव धेरै नै छ । तर यादव जी पात्रलाई सर्पोट गर्ने भूत नै हुन् ।’


फिल्ममा यादवको भूमिकामा प्रस्तुत भएका रविन्द्र झा दर्शकले दिएको प्रतिक्रियाबाट खुसी छन् । दर्शकको मायाबाट म निकै नै खुसी छु, रविन्द्र भन्छन् ।

मनोज अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा ऋचा, रविन्द्रसँगै सनी ढकाल, लरेन लफवर्ग, सुनिल पराजुली लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha