‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत रिलिज

यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । कहानी तेरो र मेरो बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर छ । शब्द तथा संगीत पनि सन्तोषकै हो । भिडियो हेर्नुस् :

सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचरिंग छन् । सुरज आचार्यको सिनेम्याटोग्राफी छ । सन्तोषको कथा रहेको बेबी आइ लभ यू लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा तथा संवाद पनि उनकै छ । सन्तोष र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :


शिव न्यौपानेले निर्माण गरेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल अनि निर्मल शर्माको अभिनय छ । लभ स्टोरी फ्लेवरको ‘बेबी आइ लभ यू’ टिम यतिबेला फिल्मको प्रचार प्रसारमा व्यस्त छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha