जापानको टोकियोमा सेलिव्रेटी अवार्ड हुने

जापानमा पहिलो पटक सेलेब्रिटीको लागी इन्टरनेशनल अवार्ड आयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी र सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न लागेको हो ।


डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना हुनेछन् । विश्वकै सबै भन्दा ब्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठुलो साँस्कृतिक कार्यक्रम बिच अवार्ड संन्चालन हुने आयोजक संस्थाका बासु देव लामिछानेको दाबी छ ।

अवार्डमा नेपालबाट नयाँ तथा अग्रज ख्याती प्राप्त कलाकारहरु टोकियोको एकै स्टेजमा जमघट हुने आयोजकको विश्वास छ । यो अवार्डले आयोजकले पपुलर अवार्ड भनेको छ । सुर्य इन्टरनेशनल अवार्ड नाम दिइएको अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिनेछ ।

फिल्म र संगीत गरी जम्मा १२ विधामा ५ वटा नोमिनेशन रहनेछन् । अनलाइन भोटिंगको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा सभ्य र भब्य अवार्ड गरिने तयारी भईरहेको बासु देव लामिछानेले बताका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha