‘ए मेरो हजुर ३’ मा अनमोलको पारिश्रमिक कति ?

झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर ३’ मा युवा स्टार अनमोल केसी अनुबन्धित भएसँगै नयाँ चर्चा सुरु भएको छ । कति पारिश्रमिक लिएर अनमोल ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भए त ?

‘पारिश्रमिकलाई ईष्यू नबनाउँ’, अनमोलको पारिश्रमिक बारे निर्देशक झरना थापाले भनिन्, ‘अनमोलले पाउने पारिश्रमिक हामीले दिएका छौं । तर पारिश्रमिकलाई मिडियामा नल्याउने हामी दुई पक्षबिच सम्झौता नै भएको छ ।’ उसो त ‘ए मेरो हजुर २’ रिलिज भए लगत्तै झरनाले अनमोललाई पचास लाखको प्रस्ताव राखेको चर्चा आएको थियो । जसको झरनाले खण्डन गरेकी थिइन् ।

नेपाली फिल्म क्षेत्रका महंगा युवा नायकको पारिश्रमिक गोप्य राख्नुको कारण बारे झरनाको तर्क छ, ‘यो पैसाको कुरा धेरै आयो । यसले कसैलाई पनि फाइदा गर्दैन् । अब कुरा भन्दा पनि काम गर्नु पर्ने बेला आएको छ । हामीमाथि चुनौती छ ।’ यद्पी ‘ए मेरो एजुर ३’ मा अनमोलले तीस लाख भन्दा बढी लिएको चर्चा चल्न सुरु भैसकेको छ । अनमोलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

आफ्नो दोश्रो निर्देशकिय फिल्ममा झरनाले आफ्नी छोरी सुहानालाई पनि डेव्यु गराउँदैछिन् । सुनिल कुमार थापाको निर्माण रहने फिल्म ‘ए मेरो हजुर ३’ को छायाँकन भदौबाट सुरु हुनेछ । लभ स्टोरी फिल्मलाई अर्को नेपाली नयाँ बर्षमा रिलिज गरिनेछ । सुहानीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha