‘चिमुसीची’ मा सुनिलसँग अलिशाको मस्ती (भिडियो)

फिल्म ‘चिमुसीची’ को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । तिमीले माग्छौ भने मुट दिन तयार छु बोलको गीतमा सुरज अधिकारीको शब्द तथा संगीत छ । स्वर अञ्जु पन्त र युवराज चौंलागाईंले दिएका छन् । थाइल्यान्डमा खिचिएको फिल्मको गीत यस्तो छ :

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोमा सुनिल स्वयम र अलिशा शर्मा प्रस्तुत छन् । दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘चिमुसीची’ का मुख्य पात्र नै सुनिल र अलिशा हुन् । बासु न्यौपानेको सिनेम्याटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।

फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, शेखर सुवेदी र शिवराज कार्कीको अभिनय छ । शिवराज फिल्मका कार्यकारी निर्माता समेत हुन् । चिमुसीचीको लेखन र पटकथा निर्देशक श्रेष्ठकै हो ।

अरुण गुरुगं, महेश्वर खत्री, सुवास भुर्तेल र डव बहादुर गुरुंग ‘चिमुसीची’का निर्माता हुन् । सस्पेन्स लभ स्टोरी फिल्मलाई साउन ११ गते रिलिज गर्ने निर्माण पक्षको योजना छ । आइतबार प्रेसमिट गर्दै ‘चिमुसीची’को पहिलो गीत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha