५० लाखमा अनमोलले साइन गरे नयाँ फिल्म !

युवा स्टार अनमोल केसी निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले निर्माण गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । अनमोलले यो फिल्मबाट सर्वाधिक महंगो पारिश्रमिक समेत लिएका छन् ।

दुई पक्षबिच पारिश्रमिक रकम बाहिर नल्याउने सहमती भएतापनि श्रोतका अनुसार मिलन चाम्सले निर्देशन गर्ने फिल्मबाट अनमोलले पचास लाखको हाराहारीमा पारिश्रमिक बुझेका छन् । नेपाली फिल्म क्षेत्रमा कुनै पनि स्टारले लिएको यो सर्वाधिक महंगो पारिश्रमिक हो ।

यसबारे अनमोल पिता भुवन केसीसँग बुझ्दा उनले दुई पक्षबिच पारिश्रमिक खुलाउन नमिल्ने सम्झौता भएको बताए । ‘यसबाट अनमोलले कृ को दोब्बर भन्दा बढी पारिश्रमिक पाएको छ’, भुवनले यति मात्रै भने । झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ बाट पनि अनमोलले ३५ लाख भन्दा बढी पारिश्रमिक लिएको चर्चा छ ।

‘कृ’ मा अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । ‘कृ’ को दोब्बर भन्दा बढी भनेपछि अनमोलले चाम्सको फिल्मबाट पचास लाख भन्दा बढी पारिश्रमिक लिएका छन् । चाम्स र खड्काले अनमोललाई लिएर फिल्मको सम्पूर्ण छायाँकन विदेशमा गर्ने योजनामा छन् । प्रदीप भारद्वाजको लेखन रहने फिल्म लभ स्टोरी जनराको बन्नेछ । यसअघि उनीहरुले नायक प्रदीप खड्कालाई लिएर लिलिबिली बनाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha