रेखा ‘मालिका’ लिएर जाजरकोट पुगिन्

नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा फिल्म ‘मालिका’ छायाँकनका लागि जाजरकोट पुगेकी छन् । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको रेखाले जानकारी दिइन् ।

‘अबको दुई दिनमा गीतको छायाँकन सकिन्छ’, रेखाले भनिन्, ‘काम एकदम राम्रोसँग भैरहेको छ । एकदिन पनि सुटिङ रोक्नु परेको छैन् ।’ काठमाण्डौबाट छायाँकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने रेखाको भनाई छ । ‘चालिस दिनको तालिका बनाएका थियौं । दश दिन अगाडी नै सकिने भयो । काम सोचे भन्दा पनि राम्रो भैरहेको छ’, रेखाको भनाई छ ।

जाजरकोट दरबारमा छायाँकन गरिएको गीतको बारेमा रेखा थप्छिन्, ‘जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकण गरिएको हो ।’ रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन् ।

सुरेश अधिकारीको संगीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । ‘दर्शकको रोजाइकै गीत छ’, रेखाको विश्वास छ, ‘भिडियोमा पनि हामीले मिहेनत गरेका छौं ।’ जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।

‘मालिका’मा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत भैरहेका छन् । रेखाले ‘मालिका’लाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिज गर्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha