प्रताप दासको ‘झरी जस्तै माया’ (भिडियो)

नेपाल आइडलका तेश्रो विजेता प्रताप दासले आफ्नो नयाँ गीत ल्याएका छन् । ‘झरी जस्तै तिम्रो माया’ बोलको गीतमा निर्मला उप्रेतीले प्रतालाई स्वरमा साथ दिएकी छन् । संगीत भिम विसीको छ । भिडियो हेर्नुस् :

प्रमिला बोहोराको शब्द रहेको गीतको भिडियोमा गायिका उप्रेती र रकी खैतवासले मोडलिंग गरेका छन् । नवराज उप्रेतीको निर्देशन तथा छायाँकन रहेको भिडियोमा प्रविण भटट्को सम्पादन छ ।

प्रतापले आफ्नो पछिल्लो गीतलाई दर्शक तथा श्रोताले मन पराउने आशा राखेका छन् । ‘मौसम पनि झरीकै छ । मेरो झरी गीतलाई सबैले मन पराउनु हुन्छ भन्ने विश्वास छ’, प्रताप भन्छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha