यो मितिमा आउने भयो सलोनको ‘बाबु कान्छा’

छायाँकनरत फिल्म ‘बाबु कान्छा’ को रिलिज मिति तय गरिएको छ । निर्देशक तथा निर्माता शोभित बस्नेतले आफ्नो मङ्सिर १५ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् । शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको ‘बाबु कान्छा’ को करिब ७० प्रतिशत छायांकन सकिएको छ । फिल्मका मुख्य पात्रसलोन बस्नेत लण्डन अवार्डबाट फर्किए लगत्तै फिल्मको बाँकी छायांकन सुरु हुने शोभितको भनाई छ ।

फिल्ममा सलोनको अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस फिल्म बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै छिन् । संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कविराज गहतराज र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । टंक बुढाथोकी र अल्मोडाको संगीत रहेको फिल्ममा ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’ लाई रिमिक्स गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha