‘छक्का पञ्जा ३’ छायाँकनका बाह्र तस्बिर

फिल्म ‘छक्का पञ्जा ३’ को छायाँकन यतिबेला पोखरामा भैरहेको छ । दिपाश्री निरौलाको निर्देशनमा फिल्मका सबै कलाकारहरुले टेक दिइरहेका छन् । निर्देशक निरौलाका अनुसार फिल्मको छायाँकन अझै तीन साता जस्तो चल्नेछ ।

दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, किरण केसी, बुद्धि तामाङ, निर शाह, अनुरागमान सिंह कुँवर, जयनन्द लामा लगायत करिब एक दर्जन कलाकार ‘छक्का पञ्जा ३’ को छायाँकनमा व्यस्त छन् ।

‘रमाईलो गर्दै काम गरिरेका छौं’, निर्देशक निरौलाले भनिन्, ‘यसपाली सुटिङमा धेरै उत्साह र उमंग छ ।’ दिपाश्रीका अनुसार सुटिङ सकेर असारतिर फिल्मको पहिलो गीत सार्वजनिक गरिनेछ ।

पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेको फिल्ममा प्रियंका कार्की र पुष्प खड्काले केही दिनमा सुटिङ ज्वइन गर्नेछन् । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत छ । ‘छक्का पञ्जा ३’ यसपालीको दशैंमा रिलिज हुनेछ । फिल्म छायाँकनका १२ तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha