‘क्याप्टेन’ अनमोलको लागि भुवनले लिए २ डेट !

‘क्याप्टेन’ अनमोल केसी गीत छायाँकनका लागि सोमबार मुस्ताङ पुगेका छन् । फिल्मको छायाँकन औपचारिक रुपमा सुरु गर्दै निर्माता भुवन केसीले ‘क्याप्टेन’ का लागि रिलिज मिति पनि लिएका छन् ।

तर भुवनले क्याप्टेनका लागि एउटा मात्रै रिलिज मिति भने लिएका छैनन् । दिवाकर भट्टराई निर्देशित ‘क्याप्टेन’ का लागि भुवनले दुई वटा प्रदर्शन मिति रोजेका छन् । भुवनका अनुसार अनमोलको ‘क्याप्टेन’ भदौ २९ या असोज ५ गते प्रदर्शनमा आउँनेछ ।

‘यो दुई वटा मितिमा क्याप्टेन आउँछ’, भुवनले मुस्ताङ जानुअघि भने, ‘भदौ २९ र असोज ५ बाहेक हामीसँग कुनै विकल्प नै छैन् ।’ उसो त छायाँकन सुरु नहुँदै ‘क्याप्टेन’को रिलिज मिति भदौ ८ गतेलाई तोकिएको थियो ।

‘क्याप्टेन’ले रोजेको नयाँ मिति भदौ २९ खाली नै छ भने असोज ५ सलिनमान बनियाँको यात्रा र आर्यन अधिकारी तथा सृष्टि श्रेष्ठको ‘बाँध माया’ले रिलिज मिति तय गरेका छन् । हेरौं यो दुई मितिमा कुन कुन फिल्म चल्छन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha