७५ केजी पुगेकी रेजिना उप्रेती कसरी घटिन् ?

नायिका रेजिना उप्रेती १८ महिनाकी छोरी आमा हुन् । तरपनि रेजिना शारीरिक रुपमा फिट छिन् । रेजिना कसरी छिन् त यति फिट ? यो रमाईलो कुराकानी हेर्नुस् :

रेजिनाको भनाई अनुसार गर्भवती हुँदा उनी ७५ केजीसम्म पुगेकी थिइन् । ‘अहिले ५०-५२ केजी छु होला’, उनले आफ्नो हालको तौल खुलाइन्, ‘एक्सरसाइज गर्न थालेको त भर्खर एक महिना हुन थाल्यो । उसो भए कसरी दुब्लाइन त रेजिना ? ‘खानपिनमा ध्यान दिएँ । अरु त केही पनि गरिन, रेजिना भन्छिन् ।

ज्यान घटाएर स्लिम बनेकी रेजिना के फिल्म खेल्दैछिन्, ‘अझै केही वर्ष फिल्म गर्दिंन’, रेजिनाले भनिन् । छोरी हुर्किएपछि मात्रै फिल्ममा फर्किने उनको योजना छ । दर्जन बढी फिल्ममा अभिनय र ‘वरदान’ नामक फिल्म समेत बनाएकी रेजिनको फिल्मप्रति त्यति प्यास पनि छै रे ।


‘छोरी स्याहार्न र घरकै काममा व्यस्त हुन्छु । आफ्नै काममा विजी हुने भएकाले फिल्म लाइनलाई त्यस्तो मिस पनि गर्दिन’, रेजिनाको भनाई छ । फिल्ममा कहिले फर्किएलिन् त रेजिना ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha