कविताको ‘आँखाको नानी’ मा उमेश (बोबी गीत)

वास्तविक प्रेम जोडी कविता गुरुङ र उमेश थापाको कथामा बनेको फिल्म ‘बोबी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार प्रेसमिट गर्दै रिलिज गरिएको आँखाको नानी बोलको गीतमा उमेश र कविता नै फिचरिङ छन् । भिडियो यस्तो बनेको छ :

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सुन्दर दृश्यमा छायाँकन गरिएको छ । फिल्मको छायाँकन नवराजकृष्ण थापा हुन् ।

चाम्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘बोबी’ लाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बालदीप राई, शिशिर राणा लगायतको अभिनय छ । कविता र उमेशसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्म बोबी मा अर्जुन जिसीको सम्पादन छ । फिल्मलाई असार २९ गते रिलिज गर्ने योजना छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha