बिपिन कार्कीको ‘हरि’ प्रिमियर (फोटो फिचर)

अभिनेता बिपिन कार्कीको शिर्ष भूमिका रहेको फिल्म ‘हरि’ को मंगलबार प्रिमियर गरिएको छ । हात्तिसारस्थित जय नेपाल हलमा आयोजना गरिएको प्रिमियर शो खचाखच थियो ।

बिपिनको विभिन्न भूमिका रहेको हरी लाई प्रिमियरमा हेर्नेले भिन्न स्वादको ‘हरि’ भनी प्रतिक्रिया दिए । प्रिमियरमा बिपिनको अभिनयको प्रशंसा भयो । सफल केसी र प्रतिक गुरुंगको संयुक्त निर्देशन रहेको हरीमा विपिन र सुनिता श्रेष्ठ ठाकुरको मुख्य भूमिका छ । फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

हरीमा विपिन र सुनितासँगै कमलमणी नेपाल, थिन्ले ल्होमो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कमत र सुनिशा बजागाईंको अभिनय छ । हरीलाई निर्देशकद्वयाले नै लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha