‘सुनकेशरी’ करोड क्लबमा, ऋचाले खुवाइन् अर्पणलाई केक

‘सुनकेशरी’ ले सुरुवाती व्यापार राम्रो गरेको खुसीयालीमा नायिका तथा निर्मात्री ऋचा शर्माले केक काटेकी छन् । मंगलबार कुमारी हलमा केक काट्दै ऋचाले पहिलो केक निर्देशक अर्पण थापालाई खुवाइन् ।

‘हेडलाइन त चाहियो नि !’ भन्दै ऋचाले सुनकेशरीको केक निर्देशक थापालाई खुवाइन् । उसो त ‘आधा लभ’ पछि ‘सुनकेशरी’ मा सहकार्य गरेका ऋचा र अर्पणको फिल्म वृत्तमा प्रेमको चर्चा पनि हुँदै आएको छ ।  केक काट्ने कार्यक्रममा ऋचाले प्रदर्शनको ५ दिनमा ‘सुनकेशरी’ एक करोड क्लबमा प्रवेश गरेको पनि खुलाइन् । फिल्मले नेपालबाट लगानी सुरक्षित गर्नेमा ऋचा आशावादी छिन् ।

हरर जनराको ‘सुनकेशरीले’ तर्साउने भन्दा पनि बढी हँसाएको दर्शकको प्रतिक्रिया छ । सुनकेशरी अष्ट्रेलिया सहित विभिन्न मुलुमका बिक्रि भैसकेको ऋचाको भनाई छ । फिल्ममा ऋचा सहित रविन्द्र, सनी ढकाल, लरेन लफवर्ग, सुनिल पराजुली लगायतको अभिनय छ । ऋचा र अर्पणसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha