‘लभ स्टेशन मा जसिता फिक्स छैन’ : प्रदीप खड्का

युवा स्टार प्रदीप खड्का फिल्म निर्माणमा उत्रिएका छन् । वितरक तथा निर्माता गोविन्द शाहीसँगको सहकार्यमा प्रदीपले निर्माण गर्ने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ । लभ स्टोरी जनराको यो फिल्मलाई कसले निर्देशन गर्लान् त ?

‘उज्जवल घिमिरे दाईले निर्देशन गर्ने पक्का भएको छ’, हाल ‘रोजी’ को छायाँकनमा रहेका प्रदीपले भने, ‘लिलिबिलीको ५१ दिनमा अनाउन्स गर्ने योजना थियो । न्यूज बाहिरी हालेछ ।’ फिल्मको नाम र निर्देशक बाहेक हाललाई अरु केही पनि पक्का नभएको प्रदीपले बताए । थुप्रै कमर्सियल हिट फिल्म दिएका निर्देशक घिमिरेले पछिल्लो पटक दिपकराज गिरी र दिपाश्री निरौलाको ‘वडा नं ६’ फिल्म निर्देशन गरेका थिए ।

‘मिडियामा हिरोइनको नाम पनि आएको रैछ, त्यो चाहिं होइन्’, प्रदीपको दाबी छ, ‘स्क्रिप्ट लक भएको छैन । निर्देशक बाहिर हुनुहुन्छ । त्यसैले हिरोइन पक्का भएको छैन । जसिताको पनि फिक्स छैन ।’ चर्चा अनुसार प्रदीपको लभ स्टेशनमा ‘लिलिबिली’ नायिका जसिता गुरुंग पक्का भएकी छन् । तर यसलाई प्रदीपले अफिसियल घोषणा भनेका छैनन् । प्रदीपको ‘लभ स्टेशन’मा को होलिन त हिरोइन ? फिल्मको स्क्रिप्ट चाहिं सुवास सिंह बस्नेतले लेखिरहेका छन् । प्रदीप र जसितासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha