केकीको ‘कोहलपुर एक्सप्रेस’ अब अष्ट्रेलियातिर

अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । विशाल भण्डारी निर्देशित कमेडी जनराको फिल्मलाई राईट एण्ड एसोशिएट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो ।

मंगलबार राजधानीमा प्रेसमिट गर्दै ‘कोहलपुर एक्सप्रेस’ अस्ट्रेलियामा प्रदर्शन हुने जानकारी गराइयो । राईट एण्ड एसोसियट्सले बिद्यार्थीहरु लाई एब्रोड़ स्टडीमा पठाउने मात्र नभई अन्य बिबिध गतिबिधिहरु पनि गर्दै आएको छ । फिल्मलाई जुन २ तारिखदेखि रिलिज गर्ने आयोजकको योजना छ । केकी र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

नेपाली फिल्मको बजार विस्तारको लागि राईट एण्ड एसोसियट्स अझै लागि पर्ने संस्थाका निर्देशक पी.आर.अधिकारीले बताए । प्रेस मिटमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक बिशाल भण्डारी, कन्सल्टेन्सीको तर्फबाट पी.आर.अधिकारी, प्रतित खड्का, सुरज बस्नेत, लगायतको उपस्थिति रहेको थियो । केकी र ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

बैशाख १४ गतेबाट नेपाल प्रदर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’ ले दर्शकलाई हलमा राम्रै तान्यो । फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha